images
images

मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ पुस १९ गतेदेखि


  • 1.1K
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ पुस १९ गतेदेखि

    काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ पुस १९ गतेदेखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। 

    त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि २ लाख ७२ हजार ८ सय ५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४ सय २५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५ सय ७० कित्ता शेयर पनि निष्काशन गर्न लागेको हो।

    सो शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आवेदन पुस १९ गतेदेखि माघ ३ गतेसम्म भर्न पाइने कम्पनीले जनाएको छ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।


    images
    images

    Logo