काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माउन्टेन हाइड्रोपावरको कारोबार रोक्का गरेको छ। दोस्रो बजारलाई आवश्यक सुचना समयमा उपलव्ध नगराएको भन्दै नेप्सेले हाइड्रो माथि यस्तो कारवाही गरेको हो ।
मंगलवार विहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश तथा वार्षिक साधारणसभाको घोषणा गरेको थियो । तर उक्त सुचना नेप्सेलाई बिहीवार मात्रै पठाएको नेप्सेले जनाएको छ ।
समयमा सुचना नदिएर कम्पनीले धितोपत्र सुचीकरण नियमावलीको उल्लङ्घन गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो । साथै कम्पनीलाई यसको जवाफ ३ दिन भित्र पठाउन समेत निर्देशन दिइएको छ ।