काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । बिहीवार नेप्सेले उक्त कम्पनीको प्रस्तावित १० प्रतिशत बोनस शेयर पश्चात मुल्य समायोजन गरेको हो ।
समायोजन पछि उक्त कम्पनीको शेयरमूल्य ५ सय ३ रुपैयाँ ५४ पैसा कायम भएको छ । सो कम्पनीको अन्तिम कारोबार ५ सय ६९ रुपैयाँमा भएको थियो