images
images

नेप्सेले गर्यो २ कम्पनीको शेयर कारोबार रोक्का 


  • 315
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    नेप्सेले गर्यो २ कम्पनीको शेयर कारोबार रोक्का 

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले २ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । दोस्रो बजारलाई आवश्यक सुचना समयमा उपलव्ध नगराएको भन्दै नेप्सेले २ कम्पनी माथि यस्तो कारवाही गरेको हो । यसरी कारोबार रोक्का हुनेमा कालिका पावर कम्पनी र मल्टीपर्पस फाइनान्स रहेका छन् । 

    कालिका पावर कम्पनीले बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो बर्षको नाफाबाट कालिका पावर कम्पनी  शेयरधनीलाई १५. ७८प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । भने मल्टीपर्पस फाइनान्स भने यस बर्ष लगानीकर्तालाई लाभांश दिएको छैन् । 
     
    समयमा सुचना नदिएर कम्पनीले धितोपत्र सुचीकरण नियमावलीको उल्लङ्घन गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो । साथै कम्पनीलाई यसको जवाफ ३ दिन भित्र पठाउन निर्देशन समेत दिइएको छ । 

     

     


    images
    images

    Logo