काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सेन्ट्रल फाइनान्सको कारोबार रोक्का गरेको छ। दोस्रो बजारलाई आवश्यक सुचना समयमा उपलव्ध नगराएको भन्दै नेप्सेले फाइनान्स माथि यस्तो कारवाही गरेको हो ।
आइतबार बसेकाे कम्पनी सञ्चालक समितिकाे बैठकले अघिल्लाे बर्षकाे नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे थियाे । तर यसकाे सुचना नेप्सेलाई बुधबार मात्रै पठाइएकाे थियाे ।
समयमा सुचना नदिएर कम्पनीले धिताेपत्र सुचीकरण नियमावलीकाे उल्लङ्घन गरेकाे भन्दै नेप्सेले काराेबार राेक्का गरेकाे हाे । साथै कम्पनीलाई यसकाे जवाफ ३ दिन भित्र पठाउन निर्देशन समेत दिइएकाे छ ।