images
images

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 368
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बुधवार सोल्टी होटल र पाँचथर पावर कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस ६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् । 

    सोल्टी होटलको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २१.३१५७८९४७ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुस २८ गते साधारणसभा बोलाएको छ। 

    त्यसैगरी, पाँचथर पावर कम्पनीले  पुस १८ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ७ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    यस अनुसार पुस ६ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo