images
images

६२ करोडको आईपीओ बिक्री गर्दै त्रिशुली थ्रि ए


  • 483
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    ६२ करोडको आईपीओ बिक्री गर्दै त्रिशुली थ्रि ए

    काठमाडौं । जनताको जलविद्युत् अन्तर्गत राखिएको त्रिशुल थ्रि ए जलविद्युत् आयोजनाले करिब ६१ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको छ । आयोजनाले प्राथमिकताप्राप्त क्षेत्रका लागि छुट्याइएका उक्त शेयरहरु बिक्री गर्न लागेको हो । 

    सो प्रयोजनको समेतका लागि कम्पनीले साधारणसभा बोलाएको छ । सभामा विशेष प्रस्तावको रुपमा उक्त प्रस्ताव पेश हुनेछ । यसअन्तर्गत कुल ६१ लाख ७५ हजार कित्ता शेयर बिक्री हुनेछ । 

    सोमध्ये ५ प्रतिशतले हुने १२ लाख ३५ हजार कित्ता नुवाकोट र रसुवाका स्थानीय तहहरुलाई, १० प्रतिशतले हुने २४ लाख ७० हजार कित्ता दुई जिल्लाका स्थानीयवासीलाई, थप ५ प्रतिशत विद्युत् उत्पादन गर्न स्थानीयले संस्थापना गरेका कम्पनीहरुलाई र ५ प्रतिशत नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई वितरण्ण् गरिनेछ । 

    ३ वर्षअघि कम्पनीले सर्वसाधारणबाट प्रतिकित्ता १० रुपैयाँको दरले रकम उठाएर शेयर बिक्री गरेको थियो । कम्पनीले ५० प्रतिशत आयोजना निर्माण सम्पन्न गरेपछि बाँकी ९० प्रतिशत किस्ता पनि उठाइसकेको छ । 

    आयोजना निर्माणको अन्तिम चरणमा रहँदा कम्पनीले बाँकी स्रोतको समेत उपयोग गर्न लागेको हो ।  


    images
    images

    Logo