images
images

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए १० कित्ता ?


  • 430
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए १० कित्ता ?

    काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । सो आईपीओ आज बिहान बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलमा बाँडफाँट सम्पन्न भएको हो । 


    १ करोड ४३ लाख ५१ हजार ८ सय कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । जसअनुसार ११ लाख ९१ हजार २८४ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । 

    कम्पनीले मंसिर २१ गतेदेखि सर्बसाधारणलाई आईपीओ निष्काशन गरेको थियो । कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको थियो। जसमध्ये २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याइए र ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको थियो। बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए।


    images
    images

    Logo