काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओ आइतबार अथात् पुस ३ गते बाँडफाँट हुने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म शेयर निष्काशन गरेको थियो । सो आईपीओ बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान १० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।
कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपिओ बाँडफाँड हुने छ । जस अनुसार ५१ हजार ५ सय २२ जना आवेदकले मात्र कम्पनीको शेयर पाउने छन् ।
कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको छ। जसमध्ये २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ। बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।



