images
images

सामलिङ्ग पावरको शेयर कारोबार फुकुवा


  • 728
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    सामलिङ्ग पावरको शेयर कारोबार फुकुवा

    काठमाडौं । सामलिङ्ग पावरको शेयर कारोबार फुकुवा भएको छ ।  नेपाल एक्सचेञ्ज नेप्सेले मंसिर २९ गते गरेको निर्णय अनुसार सामलिङ्ग पावर कम्पनीको शेयर कारोबारको शेयर कारोबार फुकुवा गरेको हो । 

    कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक बसी आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८।७९ को लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी नेप्सेमा मंसिर २१ गते दिउँसो ३ः४२ बजे मात्रै जानकारी गराएकोले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो।

    शुक्रबार नेप्सेले कम्पनीलाई आगामी दिनमा त्यस्तो कमजोरी नगराउन सचेत गराउँदै आइतबाररदेखि लागू हुनेगरी कारोबार फुकुवा गरेको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले अब उप्रान्त त्यस्तो कमी कमजोरी नगर्ने/नगराउने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले क्षमायाचता मागेकाले कारोबार फुकुवा गरेको जनाएको छ । 


    images
    images

    Logo