images
images

सञ्चालकदेखि उच्च व्यवस्थापकको शेयर रोक्का राख्न नेप्सेको निर्देशन


  • 300
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    सञ्चालकदेखि उच्च व्यवस्थापकको शेयर रोक्का राख्न नेप्सेको निर्देशन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सञ्चालकदेखि उच्च व्यवस्थापकको शेयर रोक्का राख्न निर्देशन दिएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८(क) अनुसार शेयर कारोबार रोक्का राखेर सो को जानकारी नेप्सेमा गराउन सुचीकृत कम्पनीहरुलाई नेप्सेले निर्देशन दिएको हो । 

    र ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सुचिव वा संगठित संसथाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले यस्तो पदमा वहाल रहँदका बखतमा वा यस्तो पदबाट अवकास प्राप्त गरेको मितिले एक बर्षसम्म सम्वधीत संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति नियन्त्रमा रहेको फर्म कम्पनी वा संस्थाको नाममा वा खन्य व्यक्तिलाई खरिद विक्री गर्ने गरायन वा हस्तान्तरण गर्ने वा लेनदेन गर्ने सक्नेछनै’ भन्ने व्यवस्था रहेको छ ।

    सोहि ब्यबस्था स्मरण गराउंदै नेप्सेले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई उल्लेखित पदाधिकारीहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको शेयर सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडमा नियमावलीमा उल्लेखित समयावधिसम्म रोक्का राख्न धितोपत्र ऐन, २०६३ को दफा ४८ अनुसार निर्देशन जारी गरेको हो।  

    १५ दिन भित्र शेयर रोक्का राखी जानकारी गराउनु एवं नयाँ हुने उल्लेखित पदाधिकारीहरुको उपयुक्त अनुसार शेयर रोक्का गरेर मात्र जिम्मेवारी लिने व्यवस्था गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।


    images
    images

    Logo