काठमाडौं । रिलायन्स लाईफ इस्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मङ्सिर २७ गतेको निर्णय अनुसार रिलायन्स लाईफ इस्योरेन्सको कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता गरेसँगै सो लघुवित्तको शेयर कारोबार रोक्का भएको थियो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।