काठमाडौं । शुभम पावर कम्पनीको आईपीओ पुस ६ गतेदेखि खुल्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि विक्री नभएको १ लाख ८० हजार ५ सय ८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५ सय ८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आवेदन पुस ६ गतेदेखि २० गतेसम्म भर्न पाइने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।