काठमाडौं । आज ३ वटा बैंकको साधारणसभा हुँदैछ । आइतवार स्ट्याडर्ड चार्टर्ड बैंक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकले साधारण सभा गर्न लागेका हुन् । जसमध्ये कुमारी र एनसीसीले विशेष साधारणसभा गर्न लागेका हुन् भने स्ट्याडर्ड चार्टर्ड वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभा घोषणा गरेका कम्पनीमा स्ट्याडर्ड चार्टर्ड बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा दिउँसो १ बजे बस्ने गरि साधारणसभा बोलाएको छ ।
सो कम्पनीले ३ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागिसमेत १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, एनसीसी बैंकले त्रिभुवन अनमोल भोज, शंखमुल, काठमाडौंमा दिउँसो १ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा मर्जर सम्बन्धित शेयर स्वाप रेसियो अनुपात १ः१ को अनुमोदन गर्ने, लगायतका रहेका छन् ।
कुमारी बैंकलेले कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडौंमा दिउँसो १ बजे बस्ने गरि विशेष साधारणसभा बोलाएको छ । सो कम्पनीले मर्जर सम्बन्धित शेयर स्वाप रेसियो अनुपात १ः१ को अनुमोदन गर्ने, उचित परिश्रम लेखापरीक्षणको मूल्याङ्कन गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्ने गर्ने एजेण्डा राखेको छ ।
कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्जरमा जाने प्रक्रियामा छन् ।



