images
images

शेयर बजारमा ४३ अंकको गिरावट, साताभर बजारमा के के भयो ?


  • 317
    SHARES
  • २०७९ मंसिर २४ गते शनिबार

    शेयर बजारमा ४३ अंकको गिरावट, साताभर बजारमा के के भयो ?

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से ४३.७८ अंक  १ हजार ९ सय १७ दशमलव २८ विन्दुमा झरेको छ।बजार खुलेका ४ कारोबार दिनमध्ये ३ कारोबार दिन घटेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो । 

    नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि २ प्रतिशतभन्दा बढी घटेको छ । गत साता २८ खर्ब २० अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता ५९ अर्ब रुपैयाँ घटेर २७ खर्ब ६१ अर्बमा रुपैयाँ पुगेको छ। 

    साताको पहिलो दिन आइतबार परिसूचक नेप्से २.१६ अंक बढेर १ हजार ९ सय ६३ दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    साताको दोस्रो दिन २४.४६ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव ७६ विन्दुमा पुगेको थियो । यस दिन १ अर्ब ६७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको तेस्रो दिन मंगदबार ४.८७ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव ८८ विन्दुमा पुगेको थियो । यस दिन १ अर्बबाट कारोबार रकम करोडमा झरेको थियो । यस दिन ९६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

    साताको चौथो दिन बुधबार १६.६१ अंकले घटेर १ हजार ९ सय १७ दशमलव २८ को विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । सातको अन्तिम दिन अथात् बिहीबार योमरि पून्हि, उभौली पर्व परेकोले सरकारले सार्वजनिक विदा दिएको थियो । यस दिन कारोबार हुन सकेन  । 

    यो साता बजारमा के के भयो ?

    १. लाभांश घोषणा

    यो साता ८ कम्पनीले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को नाफा, सिञ्चित नाफा तथा शेयर प्रिमियमबाट प्राप्त रकमबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

    यसरी लाभांश घोषणा गर्ने एनएलजी इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, साना किसान विकास लघुवित्त, एनएमबि बैंक, आरएमडीसी लघुवित्त ,सिद्धार्थ बैंक र चिलिमे जलविद्युत कम्पनी र पाँचथर पावर रहेका छन् ।

    कम्पनीको नाम बोनस शेयर नगद लाभांश   जम्मा
    एनएलजी इन्स्योरेन्स १० ०.५२६३१५८ १०.५२६३
    एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी   ५.२६ ५.२६००
    मितेरी डेभलपमेन्ट बैंक १२.३५ ०.६५ १३.००
    नेको इन्सुरेन्स १५ ०.७९ १५.७९
    एनएमबि बैंक   ८.२५ ८.२५
    आरएमडीसी लघुवित्त २६ १.३६८४ २७.३६८४
    साना किसान विकास लघुवित्त २६ १.३६८४२१०५३ २७.३६८४
    सिद्धार्थ बैंक १२.५ ०.६६ १३.१६००
    चिलिमे जलविद्युत ७.५ ७.५ १५.००
    पाँचथर पावर कम्पनी   ७.००

    १.शेयर सूचीकरण 

    यस साता नेप्सेमा एक कम्पनीको मात्र शेयर सूचीकृत भएको छ। यस साता बरुण हाइड्रोपावर कम्पनीको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।

    ३. मूल्य समायोजन 

    यस साता ३ कम्पनीको शेयर मूल्य समायोजना भएको छ । यसरी मूल्य समायोजन हुनेमा सानिमा बैंक,नेपाल इन्भेष्मेन्ट बैंक र मेगा बैंक बैंकको रहेका छन् । 


    images
    images

    Logo