काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामलिङ्ग पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले शुक्रबार सूचना जारी गर्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक बसी आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८।७९ को लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी नेप्सेमा मंसिर २१ गते दिउँसो ३ः४२ बजे मात्रै जानकारी गराएकोले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको हो ।
साथै नेप्सेले कम्पनीले के कति कारणबाट नेप्सेमा समयमा नै जानकारी नदिइएको हो, यो पत्र प्राप्त भएको मितिले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ ।
