images
images

आज ३ कम्पनीको साधारणसभा हुँदै, कसले कति दिँदैछन् लाभांश ?


  • 912
    SHARES
  • २०७९ मंसिर २३ गते शुक्रबार

    आज ३ कम्पनीको साधारणसभा हुँदै, कसले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । आज ३ वटा कम्पनीको साधारणसभा हुँदैछ ।  शुक्रवार ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र श्री इन्भेष्टमेन्ट फाइनान्सले साधारण सभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा ग्लोबल आइएमई बैंकले सिल्भर ओक बैंक्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौंमा बिहान १०बजे बस्ने गरि साधारणसभा बोलाएको छ । 

    सो कम्पनीले ३ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागिसमेत १०.६ प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्जर सम्बन्धित शेयर स्वाप रेसियो अनुपात १ः१ को अनुमोदन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, बैंक अफ काठमाण्डूले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । 

    कम्पनीको एजेण्डामा ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्जर सम्बन्धित शेयर स्वाप रेसियो अनुपात १ः१ को अनुमोदन गन, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका रहेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्जरमा जाने प्रक्रियामा छन् । 

    श्री इन्भेष्टमेन्ट फाइनान्सले भने आज विशेष साधारण सभा गर्दैछ ।कम्पनीले कम्पनीको दर्ता कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बस्ने गरि विशेष साधारणसभा बोलाएको छ । सो कम्पनीले निर्देशकहरूको निर्वाचन गर्ने एजेण्डा राखेको छ । 

     


    images
    images

    Logo