images
images

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ, यस्तो छ नयाँ कार्यसमिति


  • 349
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ, यस्तो छ नयाँ कार्यसमिति

    काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाला श्रेष्ठ चयन भएका छन् । संघको बिहीबार नगरकोस्थित क्लब हिमालयनमा बसेको १३ औं बार्षिक साधारणले सनराइज क्यापिटलका सीईओ समेत रहेका श्रेष्ठको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति गठन गरेको हो । 

    उक्त समितिको उपाध्यक्षमा ग्लोबल आईएमई क्यापिटलका पारसमणि ढकाल, महासचिवमा एनआईसी एशिया क्यापिटलका रमेन्द्र रायमाझी, कोषाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका मनिष जोशी तथा सदस्यहरुमा नागरिक लगानी कोषका नारायण घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली तथा नेपाल लाइफ क्यापिटलका नविन बास्कोटा रहेका छन् । 

    योसँगै यसअघि रहेको मेखबहादुर थापा नेतृत्वको कार्यसििमत निवर्तमान भएको छ । निवर्तमान अध्यक्ष पदेन सदस्यको रुपमा रहने व्यवस्था अनुसार थापा समितिको सदस्यको रुपमा छन् । 


    images
    images

    Logo