काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यी दुई बैंकबीच बुधवार मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।
सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति समितिका संयोजक रमेश सिंह खड़का र सेञ्चुरी कमर्सियल बैंक संयुक्त एक्विजिसन समिति सदस्य मनबहादुर राईले हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको छ । मर्जरपश्चात यी अुवै बैंकको एकीकृत कारोबार पुस मसान्तभित्र हुने बैंकले जनाएको छ । र्जरमा जानका लागि यी दुवै बैंकले भदौ २० गते राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका तिए ।