काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल एक्सचेञ्ज नेप्सेले मंसिर २२ गते गरेको निर्णय अनुसार सानिमा लाइफ इस्योरेन्स र समीट लघुवित्त शेयर कारोबारको शेयर कारोबार फुकुवा गरेको हो ।
सानिमा लाइफ इस्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरमा जाने प्रकृयामा रहेपछि नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो भने समीट लघुवित्त मर्जरमा जाने प्रकृयामा रहेपछि नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।
नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।
यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।



