काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १६ प्रिमियम थपेर प्रतिकित्ता १ सय १६ रुपैयाँमा १४ लाख ३० हजार १ सय ६२ कित्ता आइपीओ निष्काशन गर्नका लागि मंसिर २० गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।