images
images

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि


  • 550
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । सुपर मादी हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन  गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गर्न लागेको छ।

    त्यस्तै, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि २ लाख १० हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ।

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि यस्तो निष्काशन छिटोमापुस ५ गतेसम्म ढिलोमा पुस २० गतेसम्म हुनेछ। 

    त्यस्तै, वैदेशिक रोजगारमा रहेकाहरुले सोआईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।


    images
    images

    Logo