images
images

एफपीओ जारी गर्दै विन नेपाल लघुवित्त, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त


  • 376
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    एफपीओ जारी गर्दै विन नेपाल लघुवित्त, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

    विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । उक्त एफपीओ निष्काशन तथा विक्री प्रबन्धकका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ । 

    नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा आज आयोजित एक समारोहबिच  एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्तको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    कम्पनीले प्रति शेयर अंकित मूल्य १ सय मा प्रिमियम थप गरी एफपीओ निष्काशन गर्न लागेको हो । 


    images
    images

    Logo