images
images

एशियन हाइड्रोपावरको आईपीओ मंसिर २७ गतेदेखि


  • 271
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    एशियन हाइड्रोपावरको आईपीओ मंसिर २७ गतेदेखि

    एशियन हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ। ३ करोड ४० लाख रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

    कुल निष्काशित आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबार गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याइएको छ। स्थानिय बासिन्दाहरुका लागि यस्तो निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गते हुनेछ

    त्यस्तै, कम्पनीलेनेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि ८४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको छ । विदेशमा रोजगार गरी रहेका नेपालीहरु पुस १२ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । 

    सो आईपीओमा १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। 
    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

    सो आईपीओ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।


    images
    images

    Logo