images
images

मेलम्चीको हेडवर्क्समाथि भीषण पहिरो, स्थानीयको भागाभाग 


  • 935
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    मेलम्चीको हेडवर्क्समाथि भीषण पहिरो, स्थानीयको भागाभाग 

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स माथि पहिरो गएको छ । मंगलबार राती अविरल वर्षापछि गएको पहिरोले कति क्षति पुग्यो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन विवरण आइनसकेको बताए । 

    ‘केहिवेर अघिसम्म भागाभाग थियो, अहिले प्रहरी र जनप्रतिनिधिमार्फत विवरण संकलन गर्ने प्रयास भइरहेको छ’ पोखरेलले भने, ‘त्यहाँ रहेको केही ट्राउट फर्म बगाएको भनिएको छ, अन्य क्षति पनि भएको हुनसक्छ ।’

    यसैबीच मेलम्ची नगरपालिकाको चनौटे बजार पनि जलमग्न भएको छ । यद्यपि पूर्वतयारी गरिएका कारण हालसम्म कुनै क्षति नभएको उनले बताए ।


    images
    images

    Logo