काठमाडौं । मर्जर प्रकृयामा रहेका १२ कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेले मर्जर तथा एक्विजिशनका कारण सेयर कारोबार रोक्कामा रहेका १२ कम्पनीको कारोबार फुकुवा भएको हो ।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से)ले मंसिर दोस्रो सातासम्ममा ६ वटा वाणिज्य बैंक, तीन निर्जीवन बीमा कम्पनी, तीन वटा लघुवित्त वित्तीयको शेयर कारोबार खुल्ला गरेको हो ।
नेप्सेले मर्जरका क्रममा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंक, सिभिल बैंक र सेञ्चुरी बैंकको शेयर कारोबार खुला गरेको हो । त्यस्तै,साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त, आदर्श लघुवित्त, सिदार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको पनि सेयर कारोबार फुकुवा भएको हो । यी दुवै बैंकको मंसिर २ गते कारोबार फुकुवा भएको हो ।नेप्सेले सिभिल बैंकको र हिमालयन बैंकसँग मर्जरमा जाने तथा गाभिने सम्झौता गरेसँगै बैंकको शेयर कारोबार नेप्सेले रोक्का गरिदिएको थियो । नेप्सेले सिभिल बैंकको सेयर कारोबार मंसिर ६ गतेदेखि फुकुवा गरेको हो ।
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीयको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले यी दुवै कम्पनीको गत मंसिर ७ गते फुकुवा गर्ने निर्णय गरेको हो । त्यस्तै, कुमारी बैंक रएनसीसी बैंकको पनि सेयर कारोबार फुकुवा भएको छ । नेप्सेले मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि रोक्का रहेको कुमारी बैंकको सेयर कारोबार मंसिर ८ गते फुकुवा गरेको हो । यता, एनसीसी बैंकको भने गत मंसिर १२ गते फुकुवा गरेको हो ।
सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा भएको छ । प्रभु बैंकसँग मर्जर सम्झौता गरेको यो बैंकको सेयर कारोबार मंसिर ११ गतेबाट फुकुवा भएको नेप्सेले जनाएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । मर्जर प्रकृयामा रहेपछि नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । यी दुवै कम्पनीको सेयर कारोबार नेप्सेले मंसिर १२ गते र १५ गते फुकुवा गरिदिएको हो ।
नेप्सेले अजोड इन्स्योरेन्ससंग मर्जर प्रक्रियामा रहेको प्रभु इन्स्योरेन्सको मंसिर १५ गते शेयर कारोबार फुकुवा गरेको हो । आदर्श लघुवित्तको सेयर कारोबार पनि फुकुवा भएको छ । मंसिर १४ गतेको निर्णय अनुसार आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो ।
नेप्सेले यी सवै कम्पनीको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम सवै कम्पनीहरुको शेयर कारोबार फुकुवा भएको हो ।
यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।



