images
images

माया खोला हाइड्रोपावरको आईपीओ मंसिर २३ गतेदेखि


  • 273
    SHARES
  • २०७९ मंसिर १४ गते बुधबार

    माया खोला हाइड्रोपावरको आईपीओ मंसिर २३ गतेदेखि

    काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ मंसिर २३ गतेदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ । जसमध्ये ६ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४ लाख कित्ता सो क्षेत्रबाहेकका संखुवासभा जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

    त्यस्तै,  २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको छ। वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको आईपीओमा आयोजना प्रभावित बासिन्दाहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिने छ । यस्तो निष्काशन बन्द छिटोमा पुस ८ गतेसम्म ढिलोमा पुस २४ गतेसम्म हुनेछ । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo