काठमाडौं । सुपरमाई हाइड्रोपावरको आईपीओ मंसिर २१ गतेदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि ५० हजार कित्ता निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ३ लाख कित्ता सो क्षेत्रबाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई छुट्याइएको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा पुस ६ गतेसम्म हुनेछ भने ढिलोमा पुस २१ गतेसम्म रहनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिएको छ।



