images
images

दुई कम्पनीको शेयर कारोबार फुकुवा 


  • 969
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    दुई कम्पनीको शेयर कारोबार फुकुवा 

    काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल एकसचेञ्ज नेप्सेले मंसिर १२ गतेको निर्णय अनुसार नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी)  र सिद्धार्थ इस्योरेन्सको शेयर कारोबार फुकवा गरेको हो ।

    एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रकृयामा रहेपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो भने सिद्धार्थ इस्योरेन्स र प्रिमियम इस्योरेन्स मर्जर प्रकृयामा रहेपछि नेप्सेले याे कम्पनीकाे शेयर कारोबार रोक्का गरेको थियो । 

    नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।

    यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । 


    images
    images

    Logo