काठमाडौं । सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले आइतवार सो बैंकको कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
नेप्सेले कारोबार फुकुवा गरेसँगै सोमवारदेखि बैंकको शेयर खरिदविक्री गर्न सकिने भएको छ । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।
प्रभु बैंकसँग मर्जरको प्रक्रियामा रहेकाले नेप्सेले सो बैंकको शेयर कारोबार रोक्का गरेको थियो ।