काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर लिमिटेड, सुपर मादी हाइउड्रोपावर, माया खोला हाइड्रोपावर र सुभम पावर लिमिटेडलाई आइपीअो जारी गर्न अनुमति दिएको हो ।
सेवोनले एशियन हाइड्रोपावरको ३४ लाख कित्ता, सुपरमाई हाइड्रोपावरको २ करोड १० लाख कित्ता, सुपर मादी हाइड्रोपावरको २ करोड १० लाख, मादी खोला हाइड्रोपावरको १ करोड कित्ता र शुभम पावर लिमिटेडको ४ लाख कित्ता आईपीओका लागि मंसिर १ गते अनुमति दिएको जनाएको छ ।
अनुमति पाएसँगै ती कम्पनीहरुलाई आह्वान पत्र प्रकाशन गरेर आईपीओ विक्री गर्ने बाटो खुला भएको छ ।