काठमाडौं । नेप्सेले कुमारी बैंकको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल एक्सचेञ्ज नेप्सेको मंसिर ८ गते निर्णय अनुसार कुमारी बैंकको शेयर कारोबार फुकुवा गरेको हो । कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रकृया रहेपछि नेप्सेले कारोबार रोक्का गरेको थियो ।
नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।
यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।