काठमाडौं । सिभिल बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मङ्सिर ६ गतेको निर्णय अनुसार सिभिल बैंकको गर्ने निर्णय गरेको हो । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने तथा गाभिने सम्झौता गरेसँगै कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गरिदिएको थियो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम बैंकको शेयर कारोबार फुकुवा भएको हो ।