काठमाडौं । ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले मंगलबार बोनस शेयर बापतको शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीको ३ प्रतिशत बोनस शेयर बापत २ सय ४४ दशमलव ०८ रुपैयाँमा शेयर मूल्य समायोजन गरेको हो । यसको अन्तिम कारोबार २ सय ५१ दशमलव ४० रुपैयाँमा कारोबार भएको थियो ।