images
images

कालिञ्चोक दर्शनको आईपीओ मंसिर १४ गतेदेखि, विदेशमा रहेकाले पनि आवेदन दिन सक्ने


  • 378
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    कालिञ्चोक दर्शनको आईपीओ मंसिर १४ गतेदेखि, विदेशमा रहेकाले पनि आवेदन दिन सक्ने

    काठमाडौं । कालिञ्चोक दर्शनकोे आईपीओ मंसिर १४ गतेदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १० करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको छ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९ सय ९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८ कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

    सो आईपीओमा आवेदन दिने समय छिटोमा मंसिर २८ र ढिलोमा पुस १४ गतेसम्म हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 


    images
    images

    Logo