काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम रहेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ४ बजेसम्ममा १२ लाख ३४ हजार ३ सय १० जना आवेदकबाट १ अर्ब ४६ करोड २७ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख २७ हजार ३ सय ९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
हाइड्रोपावरले कात्तिक २५ शुक्रबारदेखि निष्काशन गरेको शेयरमा १२ लाख बढीको आवेदन परेको छ ।सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको २.८३ गुणा बढी हो ।
त्यसमध्ये ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १ सय ९० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ५१ लाख ५७ हजार ८ सय ८० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा इच्छुक व्यक्तिले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।



