images
images

सान्जेन जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, कस्ले कति कित्ता पाए ?


  • 367
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    सान्जेन जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, कस्ले कति कित्ता पाए ?

    काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि निष्काशन गरेको आाईपीओ बाँडफाँट गरेको छ । मंगलबार नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व र सन्राइज क्यापिटल लिमिटेडले बाँडफाँट गरेको हो । 

    जलविद्युत कम्पनीले प्रति शेयर १ सय रुपैयाँ अंकित दरले ३६ लाख ५० हजार कित्ता शेयर भदौ ५ गतेदेखि असोज ३० गतेसम्म आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि निष्काशन गरेको थियो। आईपिओमा २८ हजार ६ सय ८ जना आवेदकहरुबाट ५६ लाख ७९ हजार ८ सय ७० कित्ताको लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ । 


    क्यापिटलका अनुसार अति प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.५ ९साविक चिलिमे गा.वि.स. वर्गमा कूल २ हजार १ सय ६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ५ सय १० कित्ता माग गर्ने १ हजार ३ सय ४२ जना आवेदकहरुलाई माग बमोजिम र ५ सय २० कित्ता देखि ७०० कित्ता माग गर्ने ८ सय २३ जना आवेदकहरुलाई ५ सय १० कित्ताका दरले जम्मा ९ लाख ४९ हजार २ सय ८० कित्ता शेयर बाँडफाँड गरिएको छ।

    त्यस्तै प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.४ गोल्जुङ्ग (साविक गोल्जुङ्ग गा.वि.स) वर्गमा कूल १ हजार २ सय ६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५ सय १८ जना आवेदकहरुलाई माग बमोजिम र ३ सय १० कित्ता देखि ४ सय ५० कित्ता सम्म माग गर्ने २ सय ३३ जना मध्ये ३ सय २० कित्ता सम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४ सय ५० कित्ता सम्म माग गर्ने २ सय ३२ जना आवेदकहरुलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्ता सम्म माग गर्ने ५१५ जना आवेदकहरुलाई ३६० कित्ताका दरले जम्मा ३ लाख ७४ हजार ९ सय २६ कित्ता शेयर बाँडफाँड गरिएको छ।

    बाँकी रहेको १३१ कित्ता शेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँडमा परेका ५१३ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १/१ का दरले १३१ कित्ता शेयर बाँडफाँड गरि कुल ३६लाख ५० हजार  कित्ता शेयर बाँडफाँड भएको छ ।


    images
    images

    Logo