images
images

साेमबारसम्ममा पिपुल्स हाइड्रोपावरको आईपीओमा कतिले दिए आवेदन ?


  • 340
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    साेमबारसम्ममा  पिपुल्स हाइड्रोपावरको आईपीओमा कतिले दिए आवेदन ?

    काठमाडौं । आज ( अर्थात्) साेमबारसम्ममा पिपुल्स हाइड्रोपावरको आईपीओमा १ अर्ब ९ करोड ६३ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार कात्तिक २८ गते ४ बजेसम्ममा ९ लाख १९ हजार १ सय ४ जनाले १ करोड ९ लाख ६३ हजार १० कित्ताका लागि आवेदन दिएका छन् ।

    हाइड्रोपावरले कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्ममा मात्रै आवेदन दिन सकिनेछ । उक्त कम्पनीले सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ जारी गरेको थियो ।  यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.१२ गुणा बढी आवेदन हो ।

    त्यसमध्ये ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १ सय ९० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ५१ लाख ५७ हजार ८ सय ८० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओमा इच्छुक व्यक्तिले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

     


    images
    images

    Logo