images
images

पिपुल्स हाइड्रोपावरको आईपीओमा कतिले दिए आवेदन ?


  • 466
    SHARES
  • २०७९ कार्तिक २७ गते आइतबार

    पिपुल्स हाइड्रोपावरको आईपीओमा कतिले दिए आवेदन ?

    काठमाडौं ।  पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा ७५ करोड ३० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार कात्तिक २७ गते ४ बजेसम्ममा ६ लाख २१ हजार २ सय ५२ जनाले ७५ लाख ३० हजार कित्ताका लागि आवेदन दिएका छन् । 

    हाइड्रोपावरले कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्ममा मात्रै आवेदन दिन सकिनेछ । उक्त कम्पनीले सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ जारी गरेको थियो ।  

    त्यसमध्ये ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ५१ लाख ५७ हजार ८ सय ८० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओमा इच्छुक व्यक्तिले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

    कम्पनीको आईपीओमा आवेदन दिन इच्छुक व्यक्तिले सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

     


    images
    images

    Logo