काठमाडौं । एनआईबिएल एस क्यापिटलले एनआईबिएल स्टेबल फण्डको इकाई निष्कासन गर्नका लागि बोर्डको अनुमति माग गरेको छ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने एनआईबिएल स्टेबल फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेको छ । उक्त स्कीम अकिंत मुल्य १० रुपैयाँ विक्री गर्ने छ । यो बन्दमुखी योजना हो । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।