काठमाडौं । आईएमई लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया थालेको छ । सो कम्पनीले आईपीओ ल्याउने एजेन्डासहित साधारणसभा बोलाएको हो ।
मंसिर १६ गतेका लागि बोलाइएको सभामा बोनस शेयर वितरण तथा आईपीओ जारी गर्ने विशेष प्रस्ताव समावेश गरिएको छ ।
यद्यपि सो कम्पनीले कति आईपीओ ल्याउने भन्नेबारे केही खुलाएको छैन ।