काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ६३ अंक बढेर १ हजार ९ सय २२ दशमलव १६ विन्दुमा पुगेको छ । बजार ४ कारोबार दिनमध्ये ३ कारोबार दिन उकालो लागेसँगै १ दिन गिरावट आएको थियो । नेप्सेले सो बराबरको अंक कमाएको हो। यस साताको पहिलो कारोबार ३ लगातार बढेको थियो । भने अन्तिम एक दिनको कारोबारमा ओरालो लागेको थियो।
तिहार तथा छठपछि सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता नेप्सेको कुल बजार पूँजीकरण २७ खर्ब ८८अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २७ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ।
साताको पहिलो दिन आइतबार नेप्से बन्द थियो सो दिन छठ पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको थियो । त्यस्तै दोस्रो दिन सोमबार बजार सामान्य अंकले बढेको थियो । सो दिन नेप्से १६ अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८७ विन्दुमा बन्द भएको थियो।
सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो सो दिन सवैभन्दा धेरै बढेको थियो । नेप्से परिसुचक ५६.१० अंकले बढेर १ हजार ९ सय ३० दशमलव ९७ विन्दुमा पुगेको थियो ।
त्यस्तै, तेस्रो दिन बुधबार नेप्से परिसूचक ७.३२ अंकले बढेर १ हजार ९ सय ३८ दशमलव ३० विन्दुमा पुगेको थियो । भने साताको अन्तिम दिन सामान्य अंकले घटेको थियो । यता, देशमा चुनावी माहोल पनि सुरु भइसेकेको छ । चुनावको समयमा पैसा बजारमा आउने र बैंकिङ प्रणालीमा तरलता पनि केही सहज हुने आम बुझाई रहेको छ ।
यस साता एचआईडीसीएल कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता कम्पनीको १० लाख ७ हजार १ सय ७० कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो ।



