काठमाडौं । पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३ सय ९० कित्तासहित गरी ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गर्न लागेको छ।
जसमध्ये २ लाख ८० हजार १ सय ९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरि १ लाख ६८ हजार १ सय ९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। र बाँकी रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा कात्तिक २९ गते हुनेछ भने ढिलोमा मंसिर ९ गतेसम्म हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।



