images
images

अबदेखि खुलेको आईपीओमा वैदेशिक रोजगारीमा गएकाले १० प्रतिशत आरक्षण पाउने


  • 304
    SHARES
  • २०७९ कार्तिक १७ गते बिहीबार

    अबदेखि खुलेको आईपीओमा वैदेशिक रोजगारीमा गएकाले १० प्रतिशत आरक्षण पाउने

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू गरेको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९ लागू गर्दै सो व्यवस्था गरेको हो । 

    उक्त व्यवस्था आजैबाट लागू हुने बोर्डले जनाएको छ । अब कुनै पनि कम्पनीले आईपीओ जारी गर्दा निष्काशन गरेको कुल शेयरको १० प्रतिशत शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुटयाई बाँडफाँट गर्नु पर्ने भएको छ ।

    निर्देशिका अनुसार बिक्री प्रबन्धकले सर्वसाधारणहरुका लागि आइपीओ निष्कासन गर्नु अगावै १५ दिनको अवधि तोकेर आह्वानपत्र प्रकाशित गर्नुपर्नेछ । 

    यसरी निष्काशित शेयरमा सम्बन्धित व्यक्तिले आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खातामार्फत मात्र भुक्तानी गर्नुपर्ने गरी नियमावली संशोधन भएको छ । यसरी आरक्षणको लागि छुट्याएको शेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्ने उल्लेख छ ।


    images
    images

    Logo