काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कात्तिक १४ गते कायम रहेका विद्यमान संस्थापक शेयर धनीलाई अंकित १०० रुपैयाँमा ४ लाख ७५ हजार ८ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो । कम्पनीले १० बराबर ३ (१०ः३) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने लागेको छ ।
उक्त शेयरमा आवेदन दिन चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले कात्तिक १६ गतेदेखि मंसिर २० गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय थापाथली ट्रेड टावर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।