काठमाडौं । दुई म्युचुअल फण्डको इकाइ मुल्य समायोजना भएको छ । मुल्य समायोजन हुनेमा एनआइसी एशिया व्यालेन्स फण्ड र एनआइसी एशिया ग्रोथ फण्ड रहेको छ ।
एनआइसी एशिया व्यालेन्स फण्डको १३ प्रतिशत नगद लाभांश बापतको सोमबार नेप्सेले मुल्य समायोजना गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८.७८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १०.०८ रुपैयाँमा भएको थियो ।
एनआइसी एशिया ग्रोथ फण्डको १३ प्रतिशत नगद लाभांश बापतको सोमबार नेप्सेले मुल्य समायोजना गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ९.२५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १०.५५ रुपैयाँमा भएको थियो ।