काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ म्युचुअल फण्डको शेयर कारोबार फुकुवा गरेकाे छ । आइतबार नविल फण्ड अन्तर्गतको नविल व्यालेन्सुड फण्ड २ र नविल इक्वीटी फण्डको नेप्सेले कारोबार फुकुवा गरेको हो ।
उक्त दुई म्युचुअल फण्डले लाभांश वितरण गर्ने निर्णयबजार खुल्नुभन्दा पहिले नै नेप्सेलाई जानकरी नगराएको भन्दै कारोबार रोक्का गरेको थियो । उक्त सूचना भूलवस त्रुटी हुन गएको र अबबाट धितोपत्र सूचीकरणको नियम पालना गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले कारोबार फुकुवा गरेको छ ।
