images
images

सर्वोच्चले रोक्यो नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणको कार्य


  • 654
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    सर्वोच्चले रोक्यो नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणको कार्य

    काठमाडौं । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरणको कार्यमा रोक लगाएको छ । सर्वोच्चले शुक्रवार कारण देखाउ आदेश जारी गर्दै  लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउँन आदेश दिएको हो।

    गत असोज ३१ गते अधिवक्ता दीपक बिक्रम मिश्रले नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिन शुरु गरेको प्रकृया विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्नो रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय , अर्थ मन्त्रालय , नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएका थिए ।

    बोर्डले असोज २ गते नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो । जसमा स्टक एक्सचेन्ज , र कमोडिटी एक्सचेन्जको लागि आवेदन दिने म्याद अझै केहि दिन बाँकि रहेको छ भने ब्रोकर लाईसेन्सको लागि आवेदन दिने म्याद सकिएको छ।


    images
    images

    Logo