काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको छ । शुक्रवार दुवै कम्पनीले एक आपसमा मर्जरमा जानको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् । मर्जर पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाईफ इन्स्योरेन्स हुने सहमति भएको छ ।
दुई कम्पनीबीच १ शेयर बराबर ०.८२४५ को अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ । अर्थात मर्जर पछि ज्योति लाईफका शेयरधनीले १ शेयर बराबर ०.८२४५ शेयर पाउनेछन् । मर्जर पश्चात सो कम्पनीको चुक्ता पूँजी करिब ४ अर्ब ५५ करोड पुग्नेछ ।