काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । सो फण्डले ७ करोड इकाई निष्काशन गर्न लागेको हो ।
कुल इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ। कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्काशन गर्नेछ। सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्न लागेको हो।
उक्त इकाईमा छिटोमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछ।
सो फण्डको बिक्री प्रबन्धक लनबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।



